सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय « Khabarhub

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको बिषय उठाएका छन् । 

बुधबार बसेको बैठकमा कञ्चनपुर–३ बाट निर्वाचित सांसद महताले मंगलबारराती करिब ११ बजे महाकाली नदीमा आएको बाढीको भँगालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्रमा क्षति पुर्‍याउँदा करिब ७५ मिटर भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए । 

उक्त झोलुङ्गे पुलमा क्षति भएपछि पुलबाट हुने दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको उनले बताए । उनले तत्काल प्राविधिक टोली खटाई पुलको विस्तृत अध्ययन, पुनर्निर्माण तथा संरचनागत सुरक्षाको जाँच गरी यथाशीघ्र आवागमन सञ्चालन गर्न माग गरे । 

साथै सांसद महताले भविष्यमा महाकाली नदीको बाढी र कटानबाट पुल तथा आसपासका संरचनालाई जोगाउन आवश्यक तटबन्ध, नदी नियन्त्रण तथा दीर्घकालीन कार्यका लागि बजेट र प्रक्रिया सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए । 

कञ्चनपुर–३ अन्तर्गत पर्ने दोधारा चाँदनीका नागरिकले सदरमुकाम महेन्द्रनगर पुग्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न २०६१ सालमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ३० बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था