अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको मृत्युको विषय उठाउँदै पीडित परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

त्रिपुरेश्वरमा बसभित्रै आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि सरकारले परिवारसँग कुनै समन्वय तथा संवाद नगरेको भन्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराएका हुन्।

दोङको परिवारले घटनापछि हालसम्म पनि सरकारले आफूहरूसँग कुनै संवाद वा वार्ता नगरेको गुनासो गरेको छ।

यसैबीच, अर्जुनकी आमा माइली माया दोङ छोराको मृत्युको न्याय माग्दै सिंहदरबारको दक्षिण गेटमा बसिरहेकी छन्। उनले छोराको मृत्युको घटनाबारे छानबिन गरी न्याय दिन र परिवारसँग संवाद गर्न सरकारसँग माग गरेकी छन्।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ४० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम