अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको मृत्युको विषय उठाउँदै पीडित परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

त्रिपुरेश्वरमा बसभित्रै आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि सरकारले परिवारसँग कुनै समन्वय तथा संवाद नगरेको भन्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराएका हुन्।

दोङको परिवारले घटनापछि हालसम्म पनि सरकारले आफूहरूसँग कुनै संवाद वा वार्ता नगरेको गुनासो गरेको छ।

यसैबीच, अर्जुनकी आमा माइली माया दोङ छोराको मृत्युको न्याय माग्दै सिंहदरबारको दक्षिण गेटमा बसिरहेकी छन्। उनले छोराको मृत्युको घटनाबारे छानबिन गरी न्याय दिन र परिवारसँग संवाद गर्न सरकारसँग माग गरेकी छन्।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ४० बजे

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन