छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस् « Khabarhub

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबार पुगेका छन् ।  

आफ्ना छोराको लागि न्याय माग्दै अर्जुनका आमा माइली माया दोङ लगायत उनकी श्रीमती बुधबार सिंहदरबार दक्षिण गेट अगाडी पुगेका हुन् । 

उनीहरुले अर्जुनलाई आगजनीको घटना घटाउन बाध्य पर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग राखेका छन् । अर्जुनकी आमा माइली माया दोङले छिटोभन्दा छिटो न्याय पाउनुपर्ने र घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग राख्दै निरन्तर धाइरहनु परेको बताइन् । 

उनले छोरालाई अरूको भरमा गाडी नचलाउन र घर आएर नागरिकता बनाउन बारम्बार आग्रह गरेको बताइन् । 

असोज ५ गते रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो । आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालक दोङको उपचारकै क्रममा मृत्यु भएको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : १० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम