छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस् « Khabarhub

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबार पुगेका छन् ।  

आफ्ना छोराको लागि न्याय माग्दै अर्जुनका आमा माइली माया दोङ लगायत उनकी श्रीमती बुधबार सिंहदरबार दक्षिण गेट अगाडी पुगेका हुन् । 

उनीहरुले अर्जुनलाई आगजनीको घटना घटाउन बाध्य पर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग राखेका छन् । अर्जुनकी आमा माइली माया दोङले छिटोभन्दा छिटो न्याय पाउनुपर्ने र घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग राख्दै निरन्तर धाइरहनु परेको बताइन् । 

उनले छोरालाई अरूको भरमा गाडी नचलाउन र घर आएर नागरिकता बनाउन बारम्बार आग्रह गरेको बताइन् । 

असोज ५ गते रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो । आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालक दोङको उपचारकै क्रममा मृत्यु भएको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : १० बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण