काठमाडौं – नेपाली कांग्रेसको देउवा समूहले बिहीबारदेखि सुरु हुने १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ ।
पूर्वसभापति शेरबहादुर देउवाले बुधबार सभापतिकै हैसियतमा आयोगलाई पत्र पठाउँदै महाधिवेशनसम्बन्धी जानकारी गराएका हुन् ।
पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र पार्टी विधानअनुसार १५औँ महाधिवेशन गर्न लागिएको उल्लेख छ । पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको विषय पनि पत्रमा समेटिएको छ ।
महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली आयोगमा अद्यावधिकका लागि पठाइने जनाइएको छ ।














प्रतिक्रिया