१५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र « Khabarhub

१५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको देउवा समूहले बिहीबारदेखि सुरु हुने १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ ।

पूर्वसभापति शेरबहादुर देउवाले बुधबार सभापतिकै हैसियतमा आयोगलाई पत्र पठाउँदै महाधिवेशनसम्बन्धी जानकारी गराएका हुन् ।

पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र पार्टी विधानअनुसार १५औँ महाधिवेशन गर्न लागिएको उल्लेख छ । पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको विषय पनि पत्रमा समेटिएको छ ।

महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली आयोगमा अद्यावधिकका लागि पठाइने जनाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : ५४ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,