बाढी प्रभावित बेनीमा खानेपानी अभाव « Khabarhub

बाढी प्रभावित बेनीमा खानेपानी अभाव


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ । 

यही असोज ८ देखि ११ गतेसम्म परेको पानीपछि आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा लगिएको खानेपानीको पाइप बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुर्‍याएको छ । 

करिब १२ किलोमिटर पाइपलाइनमा बाढी र पहिरोका कारण क्षति हुँदा चार दिनदेखि रिठ्ठाखर्क र डाँडाखर्कको मुहानबाट खानेपानी आपूर्ति हुन नसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताए। 

‘पानीका वैकल्पिक स्रोतको पहिचान गरि अस्थायी रूपमा पानी आपुर्ति गर्न संस्थाले प्रयास गरिरहेको छ,” उनले भने“बेनीमा खानेपानी आपुर्ति सहज बनाउन तीनै तहका सकारकाको सहयोग मागेका छौ ।’

संस्थामार्फत बेनी नगरपालिका–२ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार २१६ घर परिवारका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हुँदै आएको थियो । विसं २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो । 

रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हुँदै आएको छ । बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना निर्माण भए पनि बाढीले क्षति पुर्‍याएकोले सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष गिरीले बताए। 

बाढीले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि उपभोक्ताले बोतल, जारको पानी किन्ने अथवा खोल्सा, मुहान र व्यक्तिगत मुहानबाट पानीको जोहो गर्नुपर्ने अवस्था छ । खानेपानीको सहज आपूर्ति नहुँदा पिउन, स्नान गर्न, कपडा, भाडा धुन, खाना पकाउने पानीका लागि धेरै समय खर्चनु परेको छ । 

बेनी नगरपालिका, बौद्ध युवा क्लब र गङ्गा जिसी फाउण्डेशनले पानीको अभाव तार्न मुहानबाट ट्याङ्करमा ओसारेर बजारवासीलाई वितरण थालेको  क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिए । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ०० बजे

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर