युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा « Khabarhub

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यसअघि सेप्टेम्बर २ मा एक डलरबराबर २२ लाख रियाल पुगेको थियो ।

युद्ध सुरु भएयता रियाल निरन्तर दबाबमा रहेको छ । इरानी तेलमाथि लगाइएको अमेरिकी प्रतिबन्धका कारण विदेशी मुद्रा आम्दानी प्रभावित हुँदै आएकोमा युद्धपछि प्रतिबन्ध थप कडा भएपछि आर्थिक दबाब झनै बढेको बताइएको छ ।

रियाल कमजोर हुँदा आयातित वस्तुको मूल्य बढ्ने र दैनिक उपभोग्य सामग्री महँगो हुन सक्ने जोखिम छ । यसले सर्वसाधारणमाथि आर्थिक भार थपिन सक्ने देखिएको छ ।

यसैबीच, इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको सम्भावना पनि देखिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले होर्मुज जलडमरूमध्य खोल्ने विषयमा भइरहेका छलफल थप गम्भीर बनेको बताउनुभएको छ ।

अराघ्चीका अनुसार छलफल मुख्य रूपमा होर्मुज जलडमरूमध्यमै केन्द्रित छ । उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाट फर्कनुअघि पाकिस्तान र कतारका मध्यस्थकर्तासँग भेटवार्ता गरेका थिए ।

कतारका मध्यस्थकर्ताले चाँडै अमेरिकी पक्षसँग छलफल गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ । होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको तनावले विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा समेत असर पार्न सक्ने चिन्ता छ ।

युद्ध, कडा आर्थिक प्रतिबन्ध र तेल आपूर्तिमा बढ्दो अनिश्चितताबीच रियालको निरन्तर अवमूल्यनले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ०५ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक