युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा « Khabarhub

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यसअघि सेप्टेम्बर २ मा एक डलरबराबर २२ लाख रियाल पुगेको थियो ।

युद्ध सुरु भएयता रियाल निरन्तर दबाबमा रहेको छ । इरानी तेलमाथि लगाइएको अमेरिकी प्रतिबन्धका कारण विदेशी मुद्रा आम्दानी प्रभावित हुँदै आएकोमा युद्धपछि प्रतिबन्ध थप कडा भएपछि आर्थिक दबाब झनै बढेको बताइएको छ ।

रियाल कमजोर हुँदा आयातित वस्तुको मूल्य बढ्ने र दैनिक उपभोग्य सामग्री महँगो हुन सक्ने जोखिम छ । यसले सर्वसाधारणमाथि आर्थिक भार थपिन सक्ने देखिएको छ ।

यसैबीच, इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको सम्भावना पनि देखिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले होर्मुज जलडमरूमध्य खोल्ने विषयमा भइरहेका छलफल थप गम्भीर बनेको बताउनुभएको छ ।

अराघ्चीका अनुसार छलफल मुख्य रूपमा होर्मुज जलडमरूमध्यमै केन्द्रित छ । उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाट फर्कनुअघि पाकिस्तान र कतारका मध्यस्थकर्तासँग भेटवार्ता गरेका थिए ।

कतारका मध्यस्थकर्ताले चाँडै अमेरिकी पक्षसँग छलफल गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ । होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको तनावले विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा समेत असर पार्न सक्ने चिन्ता छ ।

युद्ध, कडा आर्थिक प्रतिबन्ध र तेल आपूर्तिमा बढ्दो अनिश्चितताबीच रियालको निरन्तर अवमूल्यनले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ०५ बजे

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर