आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने « Khabarhub

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा बद्री अर्यालद्वारा लिखित दुई पुस्तक समृद्ध नेपालको आर्थिक दिग्दर्शन र समृद्ध नेपालको राजनीतिक दिग्दर्शन विमोचन गर्दै नेता पाण्डेले आर्थिक विकासका लागि सरकारले सबै काम आफैँले गर्ने नभई निजी क्षेत्रलाई सहजीकरण मात्र गर्नुपर्ने बताएका हुन्  । 

विगतका नेताहरू सबै काम सरकारले नै गर्छ भनेर लाग्दा असफल भएको उनले बताए । उनले देशलाई ’बलियो’ भन्दा पनि ’प्रभावकारी’ सरकार चाहिएको र धेरै कानुन बनाउनुको साटो थोरै कानुन बनाएर स्वतः काम गर्न सक्ने परिस्थिति एवं वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरे । 

नवउदारवादी अर्थतन्त्रपछि लोकतान्त्रिक समाजवादका पुराना बहसहरू असान्दर्भिक भइसकेकाले हालको विश्व व्यापार, लाभ र राष्ट्र–केन्द्रित अर्थतन्त्रमा आधारित भएकाले नेपालले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति र दर्शन तय गर्नुपर्ने उनले बताए । 

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेपालको आर्थिक विकासको प्रमुख आधार कृषि, पर्यटन र जडीबुटीमा आधारित उद्योग भएकाले व्यवसायीकरण, बजारीकरण र युवाहरूलाई आकर्षित गर्ने स्पष्ट राष्ट्रिय नीति आवश्यक रहेको उल्लेख गरे । 

आफ्नै स्रोत, सम्भावना, मौलिकता र वर्तमान शासन प्रणाली सुहाउँदो नयाँ आर्थिक विकासको बहस र नीति निर्माण गर्नुपर्ने उनले बताए ।  

त्यस्तै उनले अहिलेको समाजमा मानिसहरू छिटो परिणाम खोज्ने र समस्या मात्रै देखाउने तर समाधान दिन नसक्ने अवस्थामा रहेको भन्दै सृजनशील बाटो अँगालेर समस्याको व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ५५ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला