अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले अदानचुली गाउँपालिकाको कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म विद्युत् निर्माणका लागि विनियोजित रकमबाट काम नगरी रु नौ लाख २६ हजार हिनामिना गरेको आरोपमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार मुद्दा दायर हुनेमा तत्कालीन कार्यालय प्रमुख रिमाल, तत्कालीन सब–इन्जिनियर विश्वराज भण्डारी र तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल छन्। त्यस्तै, सोरू गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामी तथा गल्फागाढ छहराखेत जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको आरोप लगाइएको छ। आयोगले बिगो रु नौ लाख २६ हजार कायम गरी आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ५३ बजे

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने