शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन « Khabarhub

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ ।

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० सङ्कलन गरेको हो ।

विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व सङ्कलन भएको जानकारी दिए । हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका उनले जानकारी दिए ।

विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजश्व सङ्कलन भएको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गरे । उनका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन भएको हो ।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् । साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम ९लाङचेनेल०, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४९३ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उनले जानकारी दिए । यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीजरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ९ : १४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस