नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल « Khabarhub

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तरराष्ट्रिय सूचीमा नेपालका थप छ वटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ ।

विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज यहाँ आयोजित साधारणसभामा नेपालका थप छवटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको हो । नेपालले राखेको उक्त प्रस्तावलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको सङ्ख्या १४ पुग्नेछ ।

नेपालले छुट्टै हिमालका रूपमा अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन् । नेपालका यी हिमालले अन्तरराष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुने बताइएको छ ।

उक्त कार्यले नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । नेपालले यसअघि सन् १९८२ र २०११ मा विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको साधारणसभा आयोजना गरेको थियो । बिहीबार र आज यहाँ आयोजित महासङ्घको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासङ्घका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ९ : ५५ बजे

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने

काठमाडौं– मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका  कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक,

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौँ– कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका

बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक

डलरको भाउ घट्यो, युरो र पाउन्डको कति ? (सूचिसहित)

काठमाडौं–  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक