आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ शुक्ल पक्षको द्वादशी तिथि । शहीद दिवस । तदनुसार सन् २०२६ जनवरी ३० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ । कुनै कुराले मन भने अशान्त बन्नेछ । अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन् । व्यापारमा आम्दानी हुनेछ ।

वृष : आज बोलीको प्रभावले काम बन्ने भएकाले परोपकारको काममा बोल्नु फाइदा हुनेृछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइको साथ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ ।

मिथुन : आज शुभ दिन छ । सोचेका काममा सफलता प्राप्त हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । लगानी गरेको भए धार्मिक क्षेत्रबाट लाभ हुनेछ ।

कर्कट : मन अशान्त बन्ने जोखिम छ । शनि उच्च स्थानमा भए आज प्रगति हुनेछ । यसका लागि जन्मकुण्डली हेर्नुपर्ने हुन्छ । परिवारसँग घुमघामको अवसर मिल्नेछ । लगानीका क्षेत्रमध्ये स्वदेशी लगानीमा अवसर देखेर मन शान्त बन्नेछ ।

सिंह : आज नाम र दाम कमाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सहज बन्नेछ । मेहनतको फल मिल्ने योग छ ।

कन्या : शिक्षाको क्षेत्रका बौद्धिक व्यक्तिसँग भेट हुनेछ । यस्तो भेटले सिर्जनात्मक काम गर्ने अवसर मिल्नेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

तुला : परिवारबाटै असहयोग हुने दिन छ । गोपनीयता भंग गर्नाले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ । काम गरेर मात्र महत्त्वपूर्ण कुरा सार्वजनिक गर्नु उचित हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले सहयोग गर्ने भएकाले कामलाई निरन्तरता दिनु उचित हुनेछ ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट उन्नति हुनेछ । सहकर्मी अनुकुल भएकाले महत्त्वपूर्ण काम सहजै बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । बौद्धिक व्यक्तिलाई विश्वास गर्दा घाटा हुने दिन छ ।

धनु : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिँदा मनमा उत्साह बढ्नेछ । गोपनीयता कायम गर्नुपर्नेछ । उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ ।

मकर : आज नयाँ कामको थालनी नगर्नु उचित हुनेछ । लगानीका क्षेत्रबाट घाटा हुनेछ । एकल निर्णय लिएर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवनमा संकट देखिने जोखिम रहेको छ ।

कुम्भ : साथीभाइको साथ मिल्नेछ । सम्पत्ति जोड्ने अवसर मिल्नेछ । गुम्न लागेको धन हात लाग्नेछ । बौद्धिक व्यक्तिले विरोध गरे पनि तपाईंले सोचेको काम बन्नेछ । अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ ।

मीन : सञ्चित धन खर्च हुनेछ । शिक्षामा गरेको प्रयासमा अझ मेहनत गर्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारकाे साथ र सहयाेग मिल्नेछ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : २९ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा