आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ शुक्ल पक्षको द्वादशी तिथि । शहीद दिवस । तदनुसार सन् २०२६ जनवरी ३० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ । कुनै कुराले मन भने अशान्त बन्नेछ । अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन् । व्यापारमा आम्दानी हुनेछ ।

वृष : आज बोलीको प्रभावले काम बन्ने भएकाले परोपकारको काममा बोल्नु फाइदा हुनेृछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइको साथ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ ।

मिथुन : आज शुभ दिन छ । सोचेका काममा सफलता प्राप्त हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । लगानी गरेको भए धार्मिक क्षेत्रबाट लाभ हुनेछ ।

कर्कट : मन अशान्त बन्ने जोखिम छ । शनि उच्च स्थानमा भए आज प्रगति हुनेछ । यसका लागि जन्मकुण्डली हेर्नुपर्ने हुन्छ । परिवारसँग घुमघामको अवसर मिल्नेछ । लगानीका क्षेत्रमध्ये स्वदेशी लगानीमा अवसर देखेर मन शान्त बन्नेछ ।

सिंह : आज नाम र दाम कमाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सहज बन्नेछ । मेहनतको फल मिल्ने योग छ ।

कन्या : शिक्षाको क्षेत्रका बौद्धिक व्यक्तिसँग भेट हुनेछ । यस्तो भेटले सिर्जनात्मक काम गर्ने अवसर मिल्नेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

तुला : परिवारबाटै असहयोग हुने दिन छ । गोपनीयता भंग गर्नाले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ । काम गरेर मात्र महत्त्वपूर्ण कुरा सार्वजनिक गर्नु उचित हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले सहयोग गर्ने भएकाले कामलाई निरन्तरता दिनु उचित हुनेछ ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट उन्नति हुनेछ । सहकर्मी अनुकुल भएकाले महत्त्वपूर्ण काम सहजै बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । बौद्धिक व्यक्तिलाई विश्वास गर्दा घाटा हुने दिन छ ।

धनु : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिँदा मनमा उत्साह बढ्नेछ । गोपनीयता कायम गर्नुपर्नेछ । उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ ।

मकर : आज नयाँ कामको थालनी नगर्नु उचित हुनेछ । लगानीका क्षेत्रबाट घाटा हुनेछ । एकल निर्णय लिएर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवनमा संकट देखिने जोखिम रहेको छ ।

कुम्भ : साथीभाइको साथ मिल्नेछ । सम्पत्ति जोड्ने अवसर मिल्नेछ । गुम्न लागेको धन हात लाग्नेछ । बौद्धिक व्यक्तिले विरोध गरे पनि तपाईंले सोचेको काम बन्नेछ । अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ ।

मीन : सञ्चित धन खर्च हुनेछ । शिक्षामा गरेको प्रयासमा अझ मेहनत गर्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारकाे साथ र सहयाेग मिल्नेछ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : २९ बजे

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट