विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ? « Khabarhub

स्वास्थ्य सरोकार

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि सम्भावित जोखिमलाई लिएर चिन्ता बढेको छ । हालसम्म नेपालमा निपाह भाइरस देखिएको छैन । तर पूर्वी नेपालसँग खुला सिमाना भएकाले सरकार र स्वास्थ्यसम्बन्धी निकाय सतर्क भएका छन् । यही कारणले पूर्वी नाकाहरूमा स्वास्थ्य निगरानी बढाइएको छ।

निपाह एकदमै घातक र छिटो फैलिन सक्ने जुनोटिक भाइरस हो, जुन जनावरबाट मानिसमा सर्छ । विश्व स्वास्थ्य संगठनले भविष्यमा महामारी फैलाउन सक्ने उच्च जोखिमयुक्त भाइरसको सूचीमा राखेको यसको संक्रमणबाट मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्ने विज्ञहरू बताउँछन् ।

यस्तो गम्भीर सम्भावनाबीच यो भाइरससँग जुध्न नेपाल कत्तिको तयार छ ? जोखिम नियन्त्रणका लागि के–कस्ता तयारी भइरहेका छन ? नागरिकले के कस्ता कुरामा सतर्क हुनु पर्छ ? यीसहितका विषयमा खबरहबले सरुवा रोग अस्पताल टेकुमा कार्यरत वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनसँग कुराकानी गरेको छ।

छिमेकी भारतमा फैलिएको निपाह भाइरस नेपालमा आउन सक्ने जोखिम कति छ ? 

भारतमा निपाहा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि नेपालमा पनि त्यसको जोखिम बढेको छ । भारतबाट मानिसहरू आवतजात गर्न सहज भएकाले नेपालमा निपाह भाइरस फैलिनसक्ने जोखिमसँगै आन्तरिक रुपमा पनि देखा पर्नसक्छ । 

मलेसियामा १९९९ यो रोग सुँगुरबाट फैलिएको पाइएको छ । तर अहिले भारतमा देखिएको निपाहको चरित्र हेर्ने हो भने चमेरोबाट फैलिएको छ । चमेरोले खाएर फालेका खानेकुरा अथवा त्यसको कुनै तरल पदार्थ मानिसको सम्पर्कमा आएर फैलिएको भन्ने आएको छ । 

त्यसकारण नेपाल पनि निपाहको घेराबन्दीमै छ भन्दा फरक नपर्ला । हुन त बंगलादेश र भारतमा सन २००१ देखि नै यो देखिन थालेको हो । अहिलेसम्म कोभिड जस्तो धेरै मात्रमा फैलिएको छैन । तर पछिल्लो समय भारतमा देखिएको भाइरस मलेसियाको भन्दा झण्डै देब्बर बढी दरमा फैलिरहेको छ । मलेसियामा ४० प्रतिशतमा देखिएको यो भारतमा त्यसको दोब्बर भन्दा बढी देखिएको छ । 

त्यहीकारण नेपालले पनि सतर्कता अपनाउनुपर्ने छ । भारतमा जुन प्रजातिको चमेरोबाट फैलिएको भनिएको छ, त्यो प्रजाति नेपालमा पनि पाइन्छ । यद्यपि नेपालमा यही चमेरोबाट फैलिएको प्रमाणित भएको छैन । त्यसैले कसैलाई भएर पनि पुष्टि नभएको हो की ? भनेर प्रश्न गर्न सकिन्छ । 

त्यस्तै अर्को भारत र बङ्गलादेशमा मानिसहरूलाई चमेरोको सम्पर्कमा आउन सजिलो छ । त्यहाँका वन जंगलमा फलफूल प्रशस्त मात्रामा पाइन्छ । त्यही चमेरोले खाएर फालेको फलफूल मान्छेले खाएर फैलिएको कुरा आएको छ । 

तर नेपालको परिदृश्य अलिकति फरक छ । मानिसहरू जंगलमा त्यति जाने गरेको पाइदैन । घाँस दाउरा गर्न जाने भए पनि चमेरोको सम्पर्कमा मानिसहरू रहेको पाइँदैन । 

तर पछिल्लो समय हाइकिङ जाने, जंगलमा पिकनिक जाने चलन बढिरहेकाले भविष्यको जोखिम छ । त्यस्तै पछिल्लो समय चमेरो घरमा आएर टोकेका केही बिरामी पनि आइरहेका छन् । मानिसहरू चमेरोसँग नजिक भएको अथवा जंगल फडानी हुँदा या जलवायु परावर्तनका कारण निपाह लगायत भाइरस बढ्न सक्ने सम्भावना छ ।

 निपाह भाइरस भएको कसरी थाहा पाउने ? लक्षणहरू कस्ता देखिन्छन् ? 

यसको मुख्य लक्षण मष्तिष्क सुन्निनु, अर्थात इन्सेफ्लाइटिस हुनु हो । त्यसबाहेक सुरुवाती अवस्थामा भने फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिने गर्छ । जस्तै, रुघाखोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने लगायत लक्षण देखिन्छन् । 

यी लक्षणसहित निमोनिया र मौसमी फ्लुमा पनि देखिने भएकाले मानिसहरूले त्यति वास्ता गर्दैनन् । त्यसैले सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । 

थाहा पाउनलाई कस्ता जाँच गर्ने हो ? 

शरीरको तरल पदार्थ रगत, दिसा, पिसाव र ढाडको पानीबाट जाँच गर्न सकिन्छ । कोभिड जसरी चेक जाँच गर्ने गरिएको थियो, त्यसैगरी नाकको, घाँटीको स्वाबबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ । 

तर यो उच्च घातक भाइरस भएकाले कस्तो ल्याबमा जाँच गर्ने भन्ने कुरा पनि आउँछ । यसको जाँचका लागि नेपालमा उपयुक्त ल्याब छैनन् । त्यसैले यस्ता घातक भाइरसबाट जोगिन नेपालले ढिलो त गरिरहेको छैन भन्ने ? मेरो प्रश्न छ ।  

निपाह भाइरस नेपालमा फैलिन नदिन सरकारले कसरी काम गरिरहेको छ ? 

सरकारले आफ्नो तर्फबाट विभिन्न काम गरि नै रहेको छ । तर कोभिडमा पनि त हामीले धेरै प्रयास गर्दागर्दै समस्या आएको थियो । निपाह भाइरस मानिसका लागि त्यति चिनिएको नाम होइन, त्यसैले सचेतनाका काम चाहिँ गर्नुपर्छ । जस्तै कोही व्यक्ति संक्रमित क्षेत्रबाट आएको भए कम्तीमा १२ देखि १४ दिनसम्म आइसोलेशनमा राख्नुपर्छ । 

४५ दिनसम्म यसको जोखिम रहन्छ भनिन्छ । तर औसतमा १२ देखि १४ दिनसम्म यसका लक्षण देखिए चेकजाँच गर्ने कुरा सरकारले स्पष्ट जानकारी गराउनुपर्छ । 

त्यस्तै अर्को महत्वपूर्ण कुरा नेपालमा निपाह भाइरस फैल्याउने चमेरोको प्रजातिको पहिचान हुनुपर्छ । यो मानिसहरूको सम्पर्कमा छ की छैन ? भन्ने विषयमा पनि सरकारले अनुसन्धान गर्न आवश्यक छ । यो भाइरस सुँगुरसँग पनि जोडिएकाले त्यसको जाँच गर्नुपर्छ जस्तो मलाई लाग्छ । 

निपाह भाइरस संक्रमण भइहाले उपचार कसरी गर्ने ? 

पछिल्लो समयको मृत्यु दरको तथ्याङ्क हेर्ने हो भने यसको उपचार गर्न धेरै गाह्रो छ । किनभने यसको लक्षणहरू अन्य फ्लूसँग मिल्ने भएकाले रुघाखोकी नै होला भनेर मानिसले त्यति वास्ता गर्दैनन् । 

त्यस्तै यसको लक्षण देखिएको २४ देखि ४८ घण्टामा बिरामीलाई इन्सेफ्लाइटिस भएर कोमामै जाने भएकाले मृत्युदर बढेको हो । त्यसैले सुरुवाती अवस्थामा देखिने लक्षणका आधारमा उपचार गर्दै जाने हो । 

नभए निपाह भाइरसकै लागि भनेर यसको औषधि अहिलेसम्म बनेको छैन । त्यसैले सुरुवाती अवस्थामा आए केही हदसम्म बिरामीलाई बचाउन सकिन्छ । उपचारमा ढिला गरे बचाउन गाह्रो छ । 

यसबाट बच्न सरकार र आमसमुदायलाई के सुझाव दिनुहुन्छ ? 

सरकारले नेपालमा आन्तरिक जोखिम छ की छैन, त्यसलाई पहिचान गरोस् । जस्तै सुँगुर बिरामी भयो भने कतै निपाह भाइरस जाँच गर्नुपर्छ। मानिसहरू चमेरोको सम्पर्कमा आउने सम्भावना भए नभएको अनुसन्धान गर्नुपर्‍यो । 

आमसमुदायले पनि यो भाइरसबारे जानकारी राखेर रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने जस्ता लक्षण लामो समयसम्म देखिए बेवास्ता नगरी जाँच गराउने र संक्रमण फैलिएको क्षेत्रबाट आएका व्यक्तिले पनि १२ देखि १४ दिनसम्म कसैको सम्पर्कमा नआउने जस्ता कुरामा सतर्क हुनुपर्छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ३ : ०३ बजे

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु

नेपाली यू–२० महिला टिमले चाइना युनानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार