अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ « Khabarhub

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहले यस पटकको निर्वाचन जीवनकै सबैभन्दा ठूलो मतान्तरसहित जित्ने दाबी गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासमेत मैदानमा रहेको सर्लाही ४ मा आफ्नो जित पक्का रहेको बताएका हुन् ।

थापाले माहोल बढाउँदै लगेको अवस्थामा सिंहले आफूले जीवनकै सबभन्दा ठूलो मतले चुनाव जित्ने आत्मविश्वास मतदातालाई सुनाउँदै आफूतिर तान्ने कोसिस गरेका हुन् ।

उनले यसपटक रास्वपाले एक्लै १६० सिट जित्ने दाबी गरेका छन् । मधेश प्रदेशबाट ३२ मा २० सिट रास्वपा एक्लैले जित्ने जिकिर उनको छ । समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल हुने उनले बताए ।

‘अहिलेसम्म जिन्दगीमा मैले जति अन्तरले चुनाव जित्दै आएको थिएँ, त्योभन्दा बढी मत ल्याएर जित्नेमा विश्वस्त छु’, उनले भने ।

यो निर्वाचनमा कांग्रेसले २० देखि २५ सिट जिते पनि त्यो धेरै ठूलो कुरा हुने सिंहले दाबी गरे । उनले बालेन्द्र साहको नेतृत्वमा रास्वपाले एक्लैले १६० सिटभन्दा बढी जित्ने ठोकुवा गरे ।

‘मधेश प्रदेशमा प्रतिनिधि सभाका ३२ सिट छन्, त्यहाँबाट रास्वपाले एक्लै २० सिट जित्छ’, उनले भने, ‘समानुपातिकमा पनि सबभन्दा बढी भोट रास्वपाले ल्याउँछ । अहिले मधेशी समूदायका लागि सत्ता परिवर्तन जरूरी भइसकेको छ।’

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : ४० बजे

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू