सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह « Khabarhub

सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका छन्। सोही क्रममा उनले सोमबार कर्णाली प्रदेशका सांसदहरूसँग पहिलो चरणको बैठक गरेका हुन्।

प्रधानमन्त्री शाहले प्रत्येक प्रदेशका सांसदसँग छुट्टाछुट्टै छलफल गर्ने योजना बनाएका छन्। कर्णालीपछि अन्य प्रदेशका सांसदहरूसँग पनि सम्भव भएसम्म क्रमशः बैठक गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।

छलफलमा प्रदेशहरूको समग्र अवस्था, विकास प्रगति र देखिएका चुनौतीबारे समीक्षा गरिने बताइएको छ। साथै, केन्द्र र प्रदेशबीच समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

सांसदहरूसँगको छलफलपछि प्रधानमन्त्री शाहले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख तथा सचिवहरूसँग पनि अलग–अलग बैठक गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : ३४ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक