एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब ! « Khabarhub

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स) र ब्रिजकोर्स बन्द गर्ने निर्णयको चर्को आलोचना भएको छ। त्यहीकारण शिक्षा मन्त्रालयले आफ्नो वेबसाइटबाट उक्त निर्णयसम्बन्धी पत्र नै हटाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसमेतले विभिन्न तहका इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णयसम्बन्धी पत्र सार्वजनिक गरेका थिए । पोखरेलले सामाजिक सञ्जालमार्फत् उक्त निर्णय सार्वजनिक गरेका थिए । उता शिक्षा मन्त्रालयको वेबसाइटमा पनि पत्र राखिएको थियो । उक्त सूचना प्रकाशित भएपछि एकाएक भाइरल भएको थियो ।

शिक्षामन्त्री पोखरेलको निर्णयलाई एक पक्षले उचित भन्दै समर्थन गरे पनि यसले ठूलो विवाद जन्माएको छ।

पहिलो सूचना आउँदा प्रशंसा गरिए पनि अर्को सूचना निकालेपछि विरोधाभास बढेको छ। त्यहीकारण शक्तिशाली सरकारको निर्णयको पत्र एक दिनमै आधिकारिक वेबसाइटबाट गायब भएको छ।

मन्त्री पोखरेलले १२ कक्षा सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर मात्रै इन्ट्रान्स र ब्रिजकोर्स रोक्ने गरी भएको निर्णय आइतबार नै सार्वजनिक गरेका थिए ।

उता मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति नै निकालेर प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्स बन्द गर्ने निर्णय आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा लागू हुने दाबी गरेका थिए। विज्ञप्तिमा यस्ता कक्षा सञ्चालन गर्ने संस्थाहरूको कानुनअनुसार अनुगमन गरिनुपर्ने र उल्लंघन भए कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि उनले दिएका थिए ।

‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरू हुनुअघि विद्यार्थीलाई लक्षित गरी विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्सले विद्यार्थीको मनोविज्ञान र शिक्षामा असमान पहुँच सिर्जना गर्ने र अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ’, उनले वक्तव्यमा भनेका थिए ।

अर्कातिर मन्त्री पोखरेलले आइतबार साँझ एक सूचनामार्फत् १२ कक्षा सम्मका विद्यार्थीलक्षित सबै इन्ट्रान्स तयारी र ब्रिजकोर्स कक्षा पूरै बन्द गरिने प्रष्टिकरण दिएका थिए। मन्त्री पोखरेलले यो निर्णय कक्षा १२ सम्म मात्रै लागू हुने पनि बताएका थिए ।

मन्त्री पोखरेल र प्रवक्ता सापकोटा दुवैले ठूलो हल्ला-खल्लासहित सार्वजनिक गरेको उक्त निर्णयको पत्र भने आइतबार नै रातिदेखि मन्त्रालयको वेबसाइटबाट बेपत्ता भएको छ।

मन्त्रालयको वेबसाइटबाटै विज्ञप्ति र निर्णय सम्बन्धी सूचना दुवै बेपत्ता पारिँदा सरकार ब्याक भएको अनुमान गरिएको छ।

आफ्नै निर्णयमा एक दिन पनि टिक्न नसक्ने अवस्था आउँदा यो कोर्ष चलाउनेहरू भने अलमलमा परेका छन् । मन्त्रालयको विरोाधाषपूर्ण कदमका कारण विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरू समस्यामा परेका छन् ।

सरकारको निर्णयपछि इन्ट्रान्स तयारी र ब्रिजकोर्स चलाउने केही इन्स्टिच्युटहरू सञ्चालकले बन्द गराउने निर्णय गराउन थालेका छन् । तर यसबारेमा शिक्षा मन्त्रालयको अर्को धारणा भने अहिलेसम्म आएको छैन।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : ५९ बजे

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि