प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस् « Khabarhub

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग संवाद थालेका छन्।

उनले सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सिंहदरबारमा संवाद गरेका छन् । उनले अन्य प्रदेशका सांसदसँग पनि संवाद गर्दैछन् ।

प्रधानमन्त्रीले थालेको उक्त संवादलाई हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले भने बहिष्कार गरिदिएको छ।

प्रधानमन्त्रीले थालेको उक्त संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलका सांसदहरू सहभागी छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको संवादमा नेकपा एमालेका सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको पक्राउको विषय उठाएका छन् ।

शनिबारदेखि प्रहरीको हिरासतमा रहेका ओलीलाई पक्राउ गरिएको विषयले राम्रो सन्देश नगएको भन्दै धनकुटाबाट निर्वाचित सांसद राजेन्द्रकुमार राईले तत्काल रिहा गर्न माग गरेका छन् ।

सांसद राईले जनादेशअनुसार बनेको शक्तिशाली सरकारलाई आफूले सफलताको शुभकामना दिएको बताए ।

‘पहिलो कुरा, मैले तपाईंहरूले जुन जनमत पाउनु भएको छ, त्यसअनुसार कार्यकाल सफलताको शुभकामना दिएँ’, उनले भने, ‘दोस्रो कुरा, समाज बदल्नका लागि सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण हुनुपर्छ। गरिबी हटाउनुपर्छ। त्यसका लागि देशमा शान्ति-सुरक्षा चाहिन्छ भन्ने कुरा राखेँ।’

राईले अन्य दलका नेताहरूसँग प्रतिशोध साँधेर अघि बढ्दा सरकारलाई नै समस्या हुने कुरा पनि आफूले प्रधानमन्त्रीसँग राखेकव बताए ।

‘मुलुकमा लोकन्त्र आइसेकपछि सबै दलहरू मिलेर अहिलेसम्म अघि बढेका छन् । भोलिका दिन पनि मिलेरै अगाडि जानुपर्छ’, उनले प्रधामन्त्रीलाई भने, ‘त्यसैले सबैसँग मिलेर देश विकासको काम गर्नुपर्छ। तर तपाईंहरूले हाम्रो पार्टी अध्यक्षलाई थुन्नु भयो, यो एकदमै बेठिक भएको छ। उहाँलाई रिहा गर्नुस् ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ४२ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै