कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का « Khabarhub

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई आग्रह गरेका छन् । 

सोमबार काठमाडौँमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै नेता खड्काले संसद्‍मा आफ्ना सांसदहरूको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताए ।

पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसद्‍मा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिए ।

नेता खड्काले संख्याको हिसाबले केही कम भए पनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरूको भूमिका निकै महत्त्वपूर्ण हुने धारणा राखे ।

यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।  

त्यस्तै कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सांसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूले राष्ट्रका मुद्दाहरूलाई सदैव प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे । उनले पहिले जस्तै सांसदहरुसंगको छलफल निरन्तर हुने भन्दै संसद् बाहिर रहेका नेताहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आवश्यक परेको खण्डका संसद्मा आउने महत्त्वपूर्ण विषयमा विज्ञहरूसँग समेत छलफल गराउने बताए । 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ४ : ४८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली