वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू « Khabarhub

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

उनले विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहन आह्वान गरेका छन् ।

भट्टराईले उक्त लडाइँ लामो हुन सक्ने उल्लेख गर्दै प्रतिपक्षी दलहरूले पहिले आफ्नै संगठन सुदृढ बनाउनुपर्ने बताएका छन् । उनले भ्रष्ट, अनैतिक र विवादित व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाएर राजनीतिक घर बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले पपुलिजमको उत्कर्षमा नागरिक अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक स्पेस संकुचित हुने जोखिम बढ्ने भएकाले यसप्रति सचेत रहनुपर्ने आवश्यकता रहेको बताएका छन् । भट्टराईले यस्तो अवस्थामा लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न प्रतिपक्षी दलहरूबीच सहकार्य अपरिहार्य हुने बताएका छन् ।

पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारले दलका नेताहरूमाथि एकपछि अर्को धरपकड गरिरहेको छ । १८२ सिटसहित दुईतिहाइ बहुमतनजिक रहेको सरकारले आफूलाई इतिहासमै लोकप्रिय भनिरहेको छ । यही सन्दर्भमा भट्टराईले पुराना दलहरूलाई लामो लडाइँको लागि तयार रहन भनेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ९ : ३२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम