वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू « Khabarhub

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

उनले विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहन आह्वान गरेका छन् ।

भट्टराईले उक्त लडाइँ लामो हुन सक्ने उल्लेख गर्दै प्रतिपक्षी दलहरूले पहिले आफ्नै संगठन सुदृढ बनाउनुपर्ने बताएका छन् । उनले भ्रष्ट, अनैतिक र विवादित व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाएर राजनीतिक घर बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले पपुलिजमको उत्कर्षमा नागरिक अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक स्पेस संकुचित हुने जोखिम बढ्ने भएकाले यसप्रति सचेत रहनुपर्ने आवश्यकता रहेको बताएका छन् । भट्टराईले यस्तो अवस्थामा लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न प्रतिपक्षी दलहरूबीच सहकार्य अपरिहार्य हुने बताएका छन् ।

पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारले दलका नेताहरूमाथि एकपछि अर्को धरपकड गरिरहेको छ । १८२ सिटसहित दुईतिहाइ बहुमतनजिक रहेको सरकारले आफूलाई इतिहासमै लोकप्रिय भनिरहेको छ । यही सन्दर्भमा भट्टराईले पुराना दलहरूलाई लामो लडाइँको लागि तयार रहन भनेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ९ : ३२ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका