आज २०८३ साल वैशाख १७ गते बिहीबारको राशिफल   « Khabarhub

आज २०८३ साल वैशाख १७ गते बिहीबारको राशिफल  


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख शुक्ल पक्षको चर्तुदशी तिथि । नृसिंह जयन्ती ।  तदनुसार सन् २०२६ अप्रिल ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । व्यवहार गर्दा साथीको पहिचान गर्नुपर्ने समय आएको छ । सञ्चित धन खर्च हुनेछ । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृष : दिन सहज छ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारमा थोरै बोल्नु उचित हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

मिथुन : शुभ दिन छ । बोल्दा भने सचेत बन्नुपर्ने छ । शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ । व्यापारमा सहकार्य गर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन सामान्य छ । हरेक काममा अवरोध हुने जोखिम छ ।  थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । परिवारमा रमाएर बस्ने दिन छ । विपक्षी बलियो भएकाले समझदारी गरेर अगाडि बढ्नुपर्नेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ ।

सिंह : दिन सहज छ । पठनपाठनमा रुची बढ्नेछ । बोली र व्यवहारमा एकरुपता हुन नसक्दा विवाद बढ्नेछ । दाम्पत्य जीवन भने सुखमय रहनेछ । काममा उत्साह बढ्नेछ । व्यापारमा थप मिहेनत गर्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । व्यवहार गर्दा मन फुकाएर गर्नुपर्नेछ । शिक्षामा गरेको मिहेनतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : दिन सामान्य छ । खराब साथीसँगको सम्बन्ध तोड्नु उचित हुनेछ । चिट्ठा वा शेयरमा घाटा हुनेछ । परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने दिन छ । धार्मिक क्षेत्रको भ्रमण गर्न सकेमा मन शान्त बन्नेछ ।

वृश्चिक : दिन सहज छ । महतत्वपूर्ण कुराको निर्णय तपाईं अनुकूल हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : दिन राम्रो छ । राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने दिन छ । धन लाभ हुनेछ । व्यापारमा फाइदा हुँदा मनमा उत्साह बढ्नेछ ।

मकर : राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मन चिन्तित बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : दिन राम्रो छ । जन्मकुण्डलीको उच्च ठाउँमा शनि भए प्रगति हुनेछ । लगानीका क्षेत्र सबल रहेका छन् । हरेक काममा साथीभाइको साथ मिल्नेछ । मनमा उत्साह बढ्नेछ ।

मीन : बौद्धिक क्षमता बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा शिक्षामा गरेको प्रयास सफल र सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ५ : १२ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना