आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै « Khabarhub

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० लाई अन्तर्राष्ट्रिय ज्याज दिवसका रूपमा  मनाउने घोषणा गरेबमोजिम यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासविद्, प्राज्ञ तथा ज्याज सङ्गीतप्रेमीलाई एकै ठाउँमा ल्याई ज्याज सङ्गीतको कला, यसको उत्पत्ति, भविष्य र प्रभावबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ ।

युनेस्कोका अनुसार ज्याजलाई शान्ति प्रवर्द्धन, संस्कृतिबीच संवाद, विविधताको सम्मान तथा मानव अधिकार र मानवीय गरिमाको संरक्षणमा योगदान गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय कला विधाका रूपमा लिइन्छ । साथै, यसले विभेद अन्त्य, अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धन, लैङ्गिक समानता र सामाजिक परिवर्तनमा युवाको भूमिकालाई सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

सन् २०२१ मा अन्तर्राष्ट्रिय ज्याज दिवसको १०औँ वार्षिकोत्सव विश्वकै सबैभन्दा ठूलो वार्षिक ज्याज उत्सवका रूपमा विभिन्न कार्यक्रमका साथ मनाइएको थियो ।

सो अवसरमा न्युयोर्क, लस एन्जलस, पेरिसस्थित युनेस्को मुख्यालय, केप टाउन, मस्को, टोकियो, रियो दि जेनेरियोलगायत विश्वका विभिन्न सहरहरूबाट आयोजना गरिएका कार्यक्रमहरूको समापन एक भव्य अल–स्टार ग्लोबल कन्सर्ट’ मार्फत गरिएको थियो । 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ३८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्