सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै « Khabarhub

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे आज संविधानविदहरुसँग परामर्श गर्ने भएका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे शीतल निवासमा संविधानविद्हरूलाई परामर्शका लागि बोलाएका छन् ।

सरकारले यही वैशाख १४ र १५ गते गरी ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको छ ।

सरकारले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन– २०६६, सहकारी ऐन–२०७४ लाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेपछि आलोचना भइरहेको छ । विपक्षी दलहरूले पनि विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ८ : ३४ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना