विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने « Khabarhub

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।

सरकारले संसद छलेर राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेपछि भावी रणनीति तय गर्न विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।

हिजो (बुधबार) पनि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको थियो । यस्तै अध्यादेशहरु फिर्ता लिन सरकारलाई आग्रह गर्दै स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आह्वान गर्ने निर्णय समेत गरेको थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ८ : ५५ बजे

महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको निर्वाचनमा महामन्त्रीतर्फ मनिष

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन

रास्वपा सह-महामन्त्रीमा अशिम र हरि विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीतर्फको परिणाम आएको छ। परिणामअनुसार प्रधानमन्त्री

रास्वपा पदाधिकारी निर्वाचनमा सहभागी भएनन् दुईतिहाइ प्रतिनिधि, खस्यो केबल ३० प्रतिशत मत

काठमाडौं- चितवनमा ६ दिनदेखि जारी पहिलो महाधिवेशनमा प्रतिनिधिको सहभागिता निराशाजक