चट्याङ लागेर ३९ भेडाबाख्रा मरे « Khabarhub

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । 

पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले राससलाई जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार चट्याङ लागेर भेडाबाख्रा मरेको खबर पाएपछि इलाका प्रहरीचौकी स्वामीकार्तिकबाट प्रहरी टोली सो स्थानतर्फ गएको छ । 

यसैगरी मङ्गलबार वनमा चराएर घर ल्याउने क्रममा पहिरो जाँदा जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ बाख्रा मरेका थिए भने ३८ भेडाबाख्रा बेपत्ता भएका थिए ।

मङ्गलबार नै त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका तीन बाख्रा गोठमा चट्याङ लागेर मरेका थिए । 
 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १ : ४७ बजे

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण

जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम

दोलखा– जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना

युद्धविरामकैबीच दक्षिणी लेबनान खाली गर्न इजरायलको चेतावनी

काठमाडौं– इजरायली सेनाले दक्षिणी लेबनानका करिब २० वटा सहर तथा

एस्काभेटरले फालेको बालुवामा पुरिएर मजदुरको मृत्यु

देउखुरी– एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको