चट्याङ लागेर ३९ भेडाबाख्रा मरे « Khabarhub

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । 

पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । उनले दिएको जानकारीअनुसार चट्याङ लागेर भेडाबाख्रा मरेको खबर पाएपछि इलाका प्रहरीचौकी स्वामीकार्तिकबाट प्रहरी टोली सो स्थानतर्फ गएको छ । 

यसैगरी मंगलबार वनमा चराएर घर ल्याउने क्रममा पहिरो जाँदा जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ बाख्रा मरेका थिए भने ३८ भेडाबाख्रा बेपत्ता भएका थिए । मंगलबार नै त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका तीन बाख्रा गोठमा चट्याङ लागेर मरेका थिए । 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १ : ०४ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन