तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिँदै « Khabarhub

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिँदै


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक जग्गामा डोजर लगाइएको छ ।

सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार तारकेश्वर नगरपालिकाले बुधबारदेखि फुटुङस्थित थापागाउँमा डोजर लगाएको हो । नगरपालिकाले अतिक्रमण गरेर भाडामा लगाइएको करिब दुई रोपनी जग्गा संरक्षण गरेको हो ।

तारकेश्वरकी उपप्रमुख तथा सार्वजनिक जग्गा संरक्षण समितिकी संयोजक सृजना बुर्लाकोटीले थापागाउँ क्षेत्रमा बनेका टहरा, सटर तथा अन्य संरचना हटाइएको जानकारी दिए। थापागाउँको उक्त सरकारी जग्गामा चाँडै सूचना बोर्ड राखिने उनको भनाइ छ । उनले तारकेश्वर क्षेत्रमा अतिक्रमण भएका अन्य सार्वजनिक जग्गाको विवरण प्रमाणसहित नगरपालिकामा उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गरेका छन् । 

स्थानीयवासीको मागअनुसार यसअघि नै विसं २०७५ पुस १७ गते वडा नं ७ ले पहिलोपटक सातदिने सूचना जारी गर्दै अतिक्रमण हटाउन अनुरोध गरेको भए पनि हटाउन सकिएको थिएन ।

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अब थप कडाइका साथ अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । 
 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १ : ०६ बजे

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति