विद्युत प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा « Khabarhub

विद्युत प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले यसलाई सञ्चालनमा ल्याएको जानकारी दिएको छ । गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्यका साथ यो कम्पनीले आफ्नो कार्य आरम्भ गरेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

‘पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा प्राधिकरणले गरेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने । प्राधिकरणका अनुसार यस कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई प्लग–एण्ड–प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउनेछ । यसो हुँदा सेवा प्रदायकहरूले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झट गर्नु पर्दैन।’

प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकहरूको पूँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ । त्यसैगरी कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर,भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउने पनि जानकारी दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य समस्याका रूपमा रहेको ‘तारको गुजुल्टो’ हटाउन यस कम्पनीले प्राथमिकताका साथ काम गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ ।

‘भूमिगत पाइपको साझा प्रयोगले शहरी सौन्दर्य फर्काउनुका साथै विद्युत र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्ने अपेक्षा हामीले गरेका छौँ,’ शाक्यले भने, ‘हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झट पनि योसँगै अन्त्य हुनेछ। शाक्यले अब प्रतिस्पर्धा पूर्वाधारमा होइन, सेवाको गुणस्तरमा हुनुपर्नेमा जोड दिँदै भने, ‘जब सबैले एउटै ‘डिजिटल सडक’ प्रयोग गर्छन्, तब कम्पनीहरू बीच गुणस्तरीय सेवा र सुलभ दरका लागि प्रतिस्पर्धा हुनेछ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई पुग्ने निश्चित छ । कम्पनीले डाटा सेन्टर सम्बन्धि विभिन्न सेवाहरू समेत प्रदान गर्ने योजना बनाएको छ ।’

उनले सरकारले नेपालका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्‍याउने लक्ष्य राखेको स्मरण पनि गराए । ‘त्यसलाई यो कम्पनीले नयाँ गति दिने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा आफ्नै पूर्वाधार निर्माण गर्न निजी कम्पनीहरूलाई अत्यन्तै महँगो पर्ने हुनाले प्राधिकरणको विद्यमान प्रसारण लाइन प्रयोग गर्दा सेवा लागत घट्ने र सर्वसाधारणले सस्तोमा इन्टरनेट पाउने वातावरण बन्नेछ । नेपाल डिजिटल पूर्वाधार कम्पनीको स्थापनासँगै नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ अध्याय थपिएको छ । यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई मूर्तरुप दिन कोसेढुङ्गा सावित हुने विश्वास प्राधिकरणले लिइएको छ ।’

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १ : २८ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन