बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल « Khabarhub

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने बताएका छन्।

बिहीबार ललितपुरको हिरण्यवर्ण महाविहारमा आयोजित बुद्ध जयन्ती हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा रूपान्तरण गर्नु आजको आवश्यकता रहेको बताए।

उनले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको दिशामा अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले वर्तमान विश्व द्वन्द्व, स्वार्थपरायणता, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासजस्ता समस्याबाट प्रभावित भइरहेको अवस्थामा बुद्धका उपदेश झन् सान्दर्भिक बनेका बताए।

उनले बुद्धका शिक्षाले मानवजातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले यसको प्रचार–प्रसार विश्वभर फैलिएको उल्लेख गरे।

उनले शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको पनि बताए।

राष्ट्रपति पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको अनुसरण गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्न तथा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ३ : १३ बजे

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले