लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण « Khabarhub

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरबाट ७४८ जनाको क्षयरोग परीक्षण गरिएको छ । लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्यचौकी र देखभुली स्वास्थ्यचौकीमा गरी चार ठाउमा सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीले एक्स–रे सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

गाउँपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दशरथ रानाका अनुसार शिविरमा सहभागीमध्ये तीन जनामा पिसिडी (पल्मोनरी टिबी) क्षयरोग पुष्टि भएको छ । यस्तै, ११५ शङ्कास्पद बिरामीमध्ये २३ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’का लागि अस्पतालमा प्रेषण गरिएको छ । यस्तो प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको अधिकृत रानाले बताए ।

एआइ आधारित एक्स–रे प्रणालीले छिटो र प्रभावकारी रूपमा प्रारम्भिक परीक्षण गर्न सक्ने भएकाले रोग पहिचानमा ढिलाइ नहुने र उपचार समयमै सुरु गर्न सकिने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा धेरै बिरामी समयमै परीक्षण तथा उपचारबाट वञ्चित हुने गरेका छन् ।

देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले भने, “यस्तो अवस्थामा शिविरमार्फत घर नजिकै परीक्षण सेवा उपलब्ध हुँदा नागरिकको पहुँच बढ्नुका साथै रोग नियन्त्रणमा सहयोग पुगेको छ ।” शिविरले क्षयरोगको प्रारम्भिक पहिचान, सङ्क्रमण नियन्त्रण तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न मद्दत पुगेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए ।

समयमै रोग पहिचान हुँदा बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन सकिने र सङ्क्रमण फैलिनबाट रोक्न सकिने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ३ : ३२ बजे

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

काठमाडौं– भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न क्षेत्रमा  भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

खिलराज रेग्मीको सुझाव : निरङ्कुशतातिर जान नदिन संविधानको मूल मर्मलाई तलमाथि नगरौँ

काठमाडौं- पूर्वप्रधानन्यायाधीश तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन

लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौं– गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका