अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ « Khabarhub

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दावी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीको इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जीतका रूपमा सर्वोच्च नेता खामेनीले बताएका छन् ।

खामेनीले भनेका छन्, “यस क्षेत्रमा सबैभन्दा ठूलो सैन्य तैनाथी र आक्रमण र संयुक्त राज्य अमेरिकाको लज्जास्पद हारको दुई महिनापछि पर्सियन खाडी र स्ट्रेट अफ हर्मुजका लागि नयाँ अध्याय खुलेको छ ।” इरानको नयाँ सर्वोच्च नेताका रूपमा मार्च ९ मा नियुक्त भएयता अहिलेसम्म सार्वजनिक रूपमा देखा नपरेका खामेनीको सन्देश इरानमा ‘पर्सियन खाडी’ दिवसको वार्षिक राष्ट्रिय उत्सवको अवसरमा आएको हो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तत्कालिन सर्वोच्च नेता तथा खामेनीका पिताको मृत्यु भएपछि मोजतबा खामेनी सर्वोच्च नेता बनेका थिए । गत हप्ता न्यूयोर्क टाइम्सले नाम नखुलाइएका कैयौँ इरानी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा खामेनी गम्भीर घाइते भएको तर उनी मानसिक रूपमा तेज रहेको बताएको थियो । आफ्नो बिहीबारको सन्देशमा उनले अमेरिकाले यस क्षेत्रमा आफ्ना सहयोगीहरूलाई सुरक्षित गर्ने कुनै आशा प्रदान गर्ने कुरा त परै जाओस् अमेरिकी अड्डाहरूमा ‘आफ्नो सुरक्षा सुनिश्चित गर्ने क्षमताको पनि अभाव रहेकाे कटाक्ष गरे ।

उनले यस क्षेत्रका देशहरूका लागि ‘आराम र प्रगति’ ल्याउने माध्यमको रूपमा रणनीतिक स्ट्रेट अफ हर्मुजको इरानको ‘नयाँ कानुनी ढाँचा र व्यवस्थापन’ को प्रशंसा गरे । मध्यपूर्व युद्ध सुरु भएदेखि यो जलमार्ग एउटा प्रमुख विन्दु बनेको छ, इरानले जलमार्गबाट केवल केही जहाजलाई मात्र पार गर्न अनुमति दिएको छ।

गत हप्ता इरानी एक वरिष्ठ सांसदले भनेका थिए, “तेहरानले हर्मुज जलमार्गमा लगाएको करबाट राम्रो राजस्व प्राप्त गर्न थालेको छ।” खामेनीले खाडीमा संयुक्त राज्य अमेरिकाको उपस्थित नहुनु नै यस क्षेत्रका लागि उज्ज्वल भविष्य हुने बताए ।

उनले भने, “हजारौं किलोमिटर टाढाबाट हस्तक्षेप गर्नेहरूलाई ‘यसको पानीको पिँधमा बाहेक खाडीमा कुनै स्थान छैन।” नेता खामेनीले सरकारको राष्ट्रियताका लागि भएको लडाइमा इरानका जनताले पीडा सहेरै पनि समन्वय गरेको भन्दै इरानी जनताको धैर्यका लागि आधार प्रकट गरे । उनले भने, “नानो र बायोदेखि आणविक र मिसाइलसम्मका पहिचान, आध्यात्मिक, मानवीय, वैज्ञानिक, औद्योगिक र उन्नत प्रविधिहरू सबै राष्ट्रिय क्षमताहरूलाई इरानीहरू आफ्नो राष्ट्रिय लक्ष्य मान्छन्।”

यसअघि बिहीबार नै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानले हर्मुजमा गरेको कदमको बदलामा अमेरिकी नौसैनिक नाकाबन्दी ‘असफल हुने’ बताएका थिए । पेजेस्कियानले भने, “यस्ता उपायहरूले ‘क्षेत्रीय सुरक्षा बढाउन मात्र असफल हुने छैन, तर वास्तवमा तनावको स्रोत र पर्सियन खाडीमा स्थायी स्थिरताको अवरोध हो।”

इरानका नौसेना कमान्डर शाहराम इरानीले सङ्केत गरे, “इरानले ‘धेरै निकट भविष्यमा’ नौसैनिक हतियार तैनाथ गर्नेछ जुन उसले भर्खरै विकास गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ४४ बजे

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त