भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश « Khabarhub

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ।

अदालतको इजलास नं. २ का सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरतन श्रेष्ठ र बिदुर कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो।

डा. महतकी पत्नी रोशनी महतले पेस गरेको निवेदनमा महत ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ रोगबाट पीडित भई विगत दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक समस्यामा रहेको उल्लेख थियो । यस्तोमा अदालतमा उपस्थित भई प्रतिरक्षा गर्न पति असमर्थ रहेको उनले उल्लेख गरेकी थिइन्। सोही आधारमा मुद्दा मुल्तवीमा राख्न माग गरिएको थियो।

अदालतले मुलुकी अपराध संहिताको २०७४ को दफा १२८ बमोजिम चिकित्सकीय परीक्षण आवश्यक ठहर गर्दै वीर अस्पतालकोको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराई प्रतिवेदन पेश गर्न आदेश दिएको हो।

उक्त प्रतिवेदनपछि मात्रै महतको हकमा मुद्दा मुल्तवी राख्ने वा अगाडि बढाउने विषयमा निर्णय हुने अदालतले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ७ : ३७ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार