भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश « Khabarhub

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ।

अदालतको इजलास नं. २ का सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरतन श्रेष्ठ र बिदुर कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो।

डा. महतकी पत्नी रोशनी महतले पेस गरेको निवेदनमा महत ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ रोगबाट पीडित भई विगत दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक समस्यामा रहेको उल्लेख थियो । यस्तोमा अदालतमा उपस्थित भई प्रतिरक्षा गर्न पति असमर्थ रहेको उनले उल्लेख गरेकी थिइन्। सोही आधारमा मुद्दा मुल्तवीमा राख्न माग गरिएको थियो।

अदालतले मुलुकी अपराध संहिताको २०७४ को दफा १२८ बमोजिम चिकित्सकीय परीक्षण आवश्यक ठहर गर्दै वीर अस्पतालकोको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराई प्रतिवेदन पेश गर्न आदेश दिएको हो।

उक्त प्रतिवेदनपछि मात्रै महतको हकमा मुद्दा मुल्तवी राख्ने वा अगाडि बढाउने विषयमा निर्णय हुने अदालतले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ३७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई