त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन अभ्यास गरिएको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन मापदण्डअनुसार नियमित रूपमा गरिने यस्तो अभ्यासले सम्भावित विपद्का बेला समन्वय, दक्षता र तत्परतामा सुधार ल्याउने विश्वास गरिएको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठनका मापदण्ड तथा विमानस्थलको आपत्कालीन योजनाअनुसार प्रत्येक दुई वर्षमा पूर्णस्तरको अभ्यास सञ्चालन गरिँदै आएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । 

अभ्यासका क्रममा विमान दुर्घटनाको काल्पनिक दृश्य सिर्जना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्पतालसम्म सुरक्षित स्थानान्तरण तथा घटनास्थल व्यवस्थापनजस्ता अभ्यास गरिएको थियो । 

उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारी, दमकल सेवा, एम्बुलेन्स टोली तथा अन्य सरोकारवाला निकायको सहभागिता थियो । 

महाप्रबन्धक सिटौलाका अनुसार यस्तो अभ्यासले आकस्मिक अवस्थामा देखिन सक्ने कमजोरी पहिचान गरी सुधार गर्न मद्दत पुर्‍याउनेछ । 

‘वास्तविक दुर्घटना हुँदा क्षणिक निर्णय, स्रोत व्यवस्थापन र प्रभावकारी समन्वय अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले यस्ता अभ्यासले तयारीलाई अझ मजबुत बनाउँछ’, उनले भने ।
 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ४६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई