तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर « Khabarhub

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् ।

यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सरलगायत रोगको परीक्षण गरिएकामध्ये बीस जनामा क्यान्सर देखिएको हो ।

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाले जानकारी दिँदै उहाँहरूको थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको बताए ।

नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग, विपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

रेडक्रस सोसाइटी सामाजिक संस्था भएकाले तनहुँ, कास्की र लमजुङ जिल्लाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाका सभापति प्रमोद न्यौपानेले जानकारी दिए । उनले भने, “दश वर्षपछि लाग्ने रोग आजको परीक्षणबाट थाहा हुने भएकाले शिविर महत्वपूर्ण र फलदायी भएको विश्वास गरिएको छ ।”

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १० : ३० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल