फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली « Khabarhub

फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गरेका छन् ।

एमालेले सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अध्यक्ष ओलीले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संविधान संकटमा परेको र लोकतान्त्रिक गणतन्त्रको भविष्यसमेत जोखिममा रहेको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई नयाँ र पुरानाको नाममा विस्थापित गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

यसका साथै, भू–राजनीतिक द्वन्द्वमा नेपालको भूमि दुरुपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढेको र सरकारका केही गतिविधिका कारण नेपालको भौगोलिक अखण्डतामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएका छन् ।

ओलीले यस्तो परिस्थितिमा पार्टी आन्दोलनको मात्र नभई संविधान र लोकतान्त्रिक भविष्यको रक्षा गर्ने जिम्मेवारी पनि एमालेको काँधमा आएको बताएका छन्।

विश्व व्यवस्थामा भइरहेको परिवर्तन र त्यसका प्रभावबाट क्षेत्रीय अस्थिरता उत्पन्न हुन नदिन तथा नेपालको सार्वभौमसत्ता र अखण्डता सुरक्षित राख्न एमाले सबल र सुदृढ हुनुपर्ने उनको भनाइ छ।

अपानिमा फागुन २१ गतेको निर्वाचनको परिणामलाई ‘अस्वाभाविक’ भन्दै त्यसबाट पार्टी चिन्तित रहेको उल्लेख गरिएको छ।

निर्वाचनमा एमाले मात्र नभई अन्य प्रमुख लोकतान्त्रिक दलहरू पनि कमजोर बनेको उल्लेख गर्दै त्यसका कारण र जिम्मेवारीबारे समयक्रममा समीक्षा हुने जनाइएको छ।

अध्यक्ष ओलीले निर्वाचनपछिको निराशा र पार्टीभित्र देखिएको पलायन प्रवृत्तिलाई रोक्न आवश्यक रहेको समेत बताएका छन्।

पार्टी समीक्षा प्रक्रियामा रहेको र केन्द्रीय कमिटी बैठकबाट पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने उनले उल्लेख गरेका छन्।

सदस्यता नवीकरण अभियानमार्फत पार्टीलाई पुनः सुदृढ बनाउने योजना रहेको भन्दै ओलीले जति नै गम्भीर समस्या वा जटिल चुनौती भए पनि त्यसको समाधान सम्भव रहेको समेत औँल्याएका छन्।

इतिहासमा अनेकौँ चुनौती सामना गर्दै एमाले राष्ट्रिय राजनीतिको केन्द्रीय शक्तिका रूपमा स्थापित भएको स्मरण गराउँदै उनले सम्पूर्ण पार्टीपंक्तिलाई सक्रिय रूपमा काममा जुट्न आह्वान गरेका छन्।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ८ : १५ बजे

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

बागलुङ– लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका