एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी « Khabarhub

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा गरेको अवस्थामा पनि जिम्मेवारी पाएका छन् ।

पार्टीमा गुटबन्दी बढ्दै गएको गुनासो गरेका उनले आफ्ना कुराको पनि सुनावाइ नभएको भन्दै गत आइतबारदेखि एमाले परित्याग गरेका थिए।

तर उनले पार्टी छाडेको ५ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको अन्तरपार्टी निर्देशनमा अरगरियालाई पनि जिम्मेवारी दिइएको हो ।

उनले एमाले केन्द्रीय सदस्यकै हैसियतमा मिसन पार्टी जागरण धनुषाको संयोजक तोकिएको हो । पूर्वमन्त्री समेत रहेका अरगरिया २०७९ असोज ८ गते एमाले नेता महेश बस्नेतको जोडबलमा लोकतान्त्रिक समाजवादी पार्टी छाडेर आएका थिए । तर पछिल्लो समय उनले पार्टी जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि जनाएर एमाले छाडेका थिए ।

अरगरियाले धनुषा क्षेत्र नम्बर २ बाट २०७९ र र २०८२ मा दुई पटक प्रतिनिधिसभामा एमालेबाट लडे। तर दुवै पटक उनी पराजित हुन पुगे ।

मधेशवादी दल लोसपाबाट एमालेमा आएपछि फलिफाप हुन नसकेर विरक्तिएका उनले पार्टी छाडेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ९ : २० बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त