इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी « Khabarhub

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् ।

पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा ऐतिहासिक सुरक्षा वार्ता गरेको एक दिन पछि आएको हो । इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण जारी राखेको छ भने राष्ट्रपति जोसेफ आउनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको  फोनवार्तमा युद्धविरामका लागि सबै प्रयासहरू गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

इजरायल र तेहरान समर्थित हेजबुल्लाह बीचको लडाइँ रोक्नको लागि  आधिकारिक रूपमा अप्रिल –१७ देखि लागू भएको युद्धविरामको बावजुत आक्रमण जारी रहेको छ । इजरायल र हेजबुल्लाह दुवैले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउदै आएका छन् । 

शनिबारका लागि जारी गरिएको इजरायली सेनाको निकासी आदेशमा नबातीह नजिकैका केही गाउँहरू समावेश रहेको जनाइएको छ भने, हेजबुल्लाहले उत्तरी इजरायली सहर किर्यात शमोनामा रकेट प्रहार गरेको बताएको छ ।

हेजबुल्लाहले दक्षिणी लेबनानको घन्डोरीयेह नजिकैका इजरायली सैनिकहरू माथि आक्रमण गरी उनीहरूलाई पछि हट्न बाध्य पारेको र उत्तरी इजरायलको सैन्य आधारमा रकेट प्रहार गरेको बताएको छ ।

शुक्रबार, हेजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण गरेको बताएको थियो भने इजरायली सेनाले लेबनानबाट आएका धेरै प्रोजेक्टाइलहरू रोकेको पुष्टि गरेको थियो । जसमध्ये एउटा किर्यात समोना नजिकै प्रहार भएको थियो ।

हेजबुल्लाहले मध्ययुगीन ब्युफोर्ट किल्ला नजिकै अगाडि बढ्न खोज्ने इजरायली सेना माथि आक्रमण गरेको पनि बताएको छ । इजरायली सेना लेबनान–इजरायल सीमाबाट करिब ३० किलोमिटर उत्तरबाट अगाडि बढेको  बताइएको छ । 

इजरायल र लेबनानले अप्रिलमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने पेन्टागनमा शुक्रबारको बैठक पछि वाशिङ्टनमा अर्को हप्ता चौथो चरणको वार्ता हुने अपेक्षा गरिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर टायरमा शुक्रबार भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको छ । 

मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्युको बदलामा इजरायलमा रकेट प्रहार गरे पछि लेबनान क्षेत्रीय युद्धमा तानिएको थियो । 

हेजबुल्लाहले अमेरिकी प्रतिनिधिहरूसँग वार्ताको कडा विरोध गर्दै निशस्त्रीकरण गर्न अस्वीकार गरेको छ । शुक्रबार लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिणमा २० वटा भन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको रिपोर्ट गरेको छ ।

सयौं मानिसहरू तथा पर्यटकहरू पुरानो सहर टायरमा भागेका छन्, जुन हालैको इजरायली सेनाको निकासी आदेशमा समावेश गरिएको छैन । आश्रयहरू भरिएका कारण विस्थापित बासिन्दाहरू कार वा शिविरमा सुतिरहेको  एएफपीले जनाएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणले मार्च –२ देखि कम्तिमा  तीन हजार ३५५ जना व्यक्तिको ज्यान लिएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ६ : २२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई