भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने « Khabarhub

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ ।

भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ । साइगोनको पतनको ५० औँ वर्षगाँठ र स्वतन्त्रताको घोषणाको ८० वर्ष पूरा भएको अवसरमा गत वर्ष २२ हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो ।

भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आममाफीको एक हिस्साका रूपमा जुन महिनाको शुरुमा नौ हजार ९५० जना बन्दीलाई रिहा गरिने उल्लेख छ ।

सार्वजनिक सुरक्षा उपमन्त्री ले भान तुयेनले शनिबार एक पत्रकार सम्मेलनमा भने, ‘यो आममाफीले भियतनामको कम्युनिस्ट पार्टीको पाँच बर्षे महाधिवेशन र राष्ट्रिय सभाको चुनावको सफलताको लागि सहज वातावरण निर्माण गर्नेछ।’

भियतनामले मार्चमा राष्ट्रिय सभाको लागि निर्वाचन गरेको थियो यसको शीर्ष विधायिकाले मुख्य रूपमा सत्तारुढ कम्युनिस्ट पार्टीको निर्णयहरू अनुमोदन गर्दछ।

अर्को महिना रिहा हुने बन्दीमा ५६ पुरुष र सात महिला सहित ६३ जना विदेशी नागरिक रहेको तुयेनले बताउनुभयो तर उनीहरू कुन देशका नागरिक हुन् भन्नेबारे उनले केही बताएनन् । भियतनामी कानून अनुसार सरकार अपदस्थ गर्ने प्रयास वा ‘आतङ्कवाद’ को लागि दोषी ठहरिएका कैदीहरू रिहाइका लागि योग्य छैनन्।

भियतनामले रिहाइको मिति तय हुनुअघि नै करिब एक लाख १८ हजार कैँदीलाई रिहा गरेको छ ।सार्वजनिक सुरक्षा मन्त्रालयले विगतका रिपोर्टहरूमा भनेको थियो, “भियतनाममा एक लाख ९० हजारभन्दा बढी व्यक्तिले कैदीका रूपमा सजाय भोगिरहेका छन् ।”

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ८ : २० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई