‘मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो’ « Khabarhub

‘मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो’


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा चलिरहेको लामो द्वन्द्वलाई सम्बोधन गर्न र यसको प्रभावलाई न्यूनिकरण गर्न विकासोन्मुख देशहरूको प्रयास महँगो र बोझिलो हुनुका साथै शिक्षा, स्वास्थ्य लगायतका विकास प्राथमिकताहरू पछि परेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले कम र मध्यम आय भएका देशहरूले जीवाश्म इन्धन अनुदान, मूल्य सीमा र कर छुट लगायतका उपायहरू मार्फत आफ्ना जनतालाई ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिबाट आंशिक रूपमा भए पनि जोगाएको जनाएको छ ।

विश्वका अधिकांश गरिब देशहरू ऋण संकटमा रहेको वा यसको उच्च जोखिममा रहेको र ब्याज भुक्तानीले सरकारी बजेटको ठुलो हिस्सा उपभोग गरिरहेको प्रतिवेदनले जनाएको छ ।

युएनडिपीका प्रशासक अलेक्जान्डर डे क्रोले विकासोन्मुख देशहरू मध्ये धेरै मुलुकहरू यस अघि नै ऋणको बोझमा परेकाले आफ्ना जनतालाई द्वन्द्वको समयमा ऊर्जा प्रवाहको नकरात्मक प्रभावबाट बचाउन असफल भएको बताए ।

विद्यालय, अस्पताल र स्वच्छ ऊर्जा प्रणाली निर्माण गर्नुपर्ने लगानी अर्थतन्त्रलाई गतिशील राख्नका लागि प्रयोग भइरहेको  बताउँदै उनले कुनै पनि देशले आफूले सिर्जना नगरेको संकट व्यवस्थापन गर्न आफ्नो भविष्यको विकासलाई त्याग गर्न बाध्य भएकोमा दुखःसमेत व्यक्त गरेका छन् ।  

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ३६ बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य