‘मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो’ « Khabarhub

‘मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो’


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा चलिरहेको लामो द्वन्द्वलाई सम्बोधन गर्न र यसको प्रभावलाई न्यूनिकरण गर्न विकासोन्मुख देशहरूको प्रयास महँगो र बोझिलो हुनुका साथै शिक्षा, स्वास्थ्य लगायतका विकास प्राथमिकताहरू पछि परेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले कम र मध्यम आय भएका देशहरूले जीवाश्म इन्धन अनुदान, मूल्य सीमा र कर छुट लगायतका उपायहरू मार्फत आफ्ना जनतालाई ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिबाट आंशिक रूपमा भए पनि जोगाएको जनाएको छ ।

विश्वका अधिकांश गरिब देशहरू ऋण संकटमा रहेको वा यसको उच्च जोखिममा रहेको र ब्याज भुक्तानीले सरकारी बजेटको ठुलो हिस्सा उपभोग गरिरहेको प्रतिवेदनले जनाएको छ ।

युएनडिपीका प्रशासक अलेक्जान्डर डे क्रोले विकासोन्मुख देशहरू मध्ये धेरै मुलुकहरू यस अघि नै ऋणको बोझमा परेकाले आफ्ना जनतालाई द्वन्द्वको समयमा ऊर्जा प्रवाहको नकरात्मक प्रभावबाट बचाउन असफल भएको बताए ।

विद्यालय, अस्पताल र स्वच्छ ऊर्जा प्रणाली निर्माण गर्नुपर्ने लगानी अर्थतन्त्रलाई गतिशील राख्नका लागि प्रयोग भइरहेको  बताउँदै उनले कुनै पनि देशले आफूले सिर्जना नगरेको संकट व्यवस्थापन गर्न आफ्नो भविष्यको विकासलाई त्याग गर्न बाध्य भएकोमा दुखःसमेत व्यक्त गरेका छन् ।  

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ३६ बजे

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन