पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते « Khabarhub

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार आगलागी हुँदा कम्तीमा २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी पूर्वा मेदिनीपुर जिल्लामा रहेको प्लान्टको नेफ्था पाइपलाइनमा भएको हो। आगो तीव्र रूपमा फैलिएपछि नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको थियो।

घटनामा घाइते भएका सबैलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये प्लान्टका कामदार र कम्तीमा दुई जना सुरक्षा गार्ड रहेका छन्।

घटनास्थलबाट सार्वजनिक भएका दृश्यमा पाइपलाइनबाट बाक्लो कालो धुवाँ निस्किएको र अग्निनियन्त्रकहरूले पानीको फोहोरा प्रयोग गरेर आगो नियन्त्रणमा लिइरहेको देखिएको छ।

नेफ्था इन्धन तथा विभिन्न रासायनिक पदार्थ उत्पादनमा प्रयोग हुने अत्यधिक ज्वलनशील पेट्रोलियम पदार्थ हो।

आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। हल्दिया पेट्रोकेमिकल्सले घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : ०२ बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य