वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’ « Khabarhub

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन भन्दै दुईवटा सुधारका पहलहरू घोषणा गरेको छ ।

श्रममन्त्री रामजी यादवले ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’ र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य ७५३ वटै स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सलरहरूसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गरे ।

“कानुनले एजेन्टहरूलाई मान्यता दिएको छैन । तर, व्यवहारमा उनीहरू अघोषित रूपमा सक्रिय भएका कारण यो अभियान प्रभावकारी रूपमा सुरु गरिएको हो,” मन्त्री यादवले भने ।

२०५६ सालदेखि परेका उजुरीहरूको विश्लेषण गर्दा अधिकांश समस्या गैरकानुनी एजेन्टहरूसँग सम्बन्धित देखिएकोले उनीहरूलाई पहिचान र कारबाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि सरकारले अनलाइन वेबसाइट र मोबाइल एप तयार गरेको छ । यस प्रणालीमार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूहविरुद्ध विवरण संकलन गरिने मन्त्री यादवको सचिवालयले जनाएको छ । यादवले यसलाई उजुरी प्रणाली मात्र नभएर डेटामा आधारित सुशासनका रूपमा अर्थ्याए ।

त्यस्तै, सरकारले एफईआईएमएस प्रणालीमार्फत ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । हाल ३९० पालिकाका लागि युजर आईडी बनिसकेको र बाँकी पालिकाहरूमा पनि क्रमशः यो सुविधा विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

रोजगार संयोजकलाई थप जिम्मेवार बनाउन कार्यविधि पारित गरी देशभरका रोजगार सेवा केन्द्रलाई रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको रूपमा व्यवस्थित गरिएको जनाइएको छ ।

यसले डिजिटल साक्षरता नभएका नागरिकहरूलाई स्थानीय तहबाटै निःशुल्क र सहज सेवा प्राप्त गर्न मद्दत पुग्ने उल्लेख छ । यसबाट साइबर ठगी र बिचौलियाहरूबाट हुने आर्थिक शोषण नियन्त्रण हुने विश्वास सरकारको छ ।

सरकारले आगामी १० वर्षलाई ‘राष्ट्रिय रोजगारी प्रवर्धन दशक’ को रूपमा मनाउने योजना बनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : ५० बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य