‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’ « Khabarhub

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’



सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो र भन्ने पनि धेरैलाई लाग्छ, जसलाई चाहिएको छ उसले बुझ्छ, उसले बुझे पुगिहाल्यो नि, मैले तिर्ने पनि होइन, मैले व्यवस्थापन गर्ने पनि होइन भन्ने जस्तो सोच धेरैलाई थियो होला ।

तर, यो विषय त्यसो नभएर बहुआयामिक छ । यो देशको राजनीतिको मात्रै विषय नभएर अन्तर्राष्ट्रिय राजनीतिको विषय पनि हो । यो संविधानको विषय हो, यो संवैधानिक अर्थशास्त्रसँग जोडिन्छ, राजनीतिक अर्थशास्त्रसँग जोडिन्छ, त्यसैले यो बहुआयामिक छ । र यसलाई सबै आयामसँग जोडेर हेर्नुपर्छ । यो सुशासनको विषय पनि हो ।

सार्वजनिक ऋण शिक्षाको विषय पनि हुनुपर्छ । यसलाई विद्यार्थीलाई राम्रोसँग पढाउन आवश्यक छ । यसलाई निजी क्षेत्रले बुझ्नुपर्छ र आम उपभोक्ताले पनि बुझ्नुपर्छ । अहिलेको अवस्थामा नेपालले सार्वजनिक ऋण नलिने परिकल्पना गर्न सकिँदैन । ऋण लिनुपर्ने बाध्यता छ, तर, ऋण कसरी प्राप्त गर्ने, किन प्राप्त गर्ने, कसरी भुक्तानी गर्ने, यसको उत्पादकत्व के हो, यी सबै विषय थाहा पाउनुपर्छ ।

हामीसँग संविधानको फ्रेमवर्क छ, ऋण त सरकारले लिन पाउँछ, ऐनअनुसार लिन पाउँछ । तर, के ती ऐनहरू पर्याप्त छन् ? ऋण लिने प्रक्रियामा जनताले पाउनुपर्ने सूचनाको बारेमा प्रशस्त ठाउँ छ ? जनताले जाँच गर्ने ठाउँ छ ? सांसदहरूले सरकारले लिने ऋणको विषयमा प्रशस्त निगरानी गर्नुपर्ने हुन्छ । त्यसका लागि त्यहाँ प्रशस्त सूचना प्रवाहित गरेको हुनुपर्छ ।

अहिलेसम्म सार्वजनिक ऋण झण्डै ३० खर्ब जति पुगेको छ, यसको समष्टिगत हिस्सा कति ऋण कोसँग लिएको, कुन ऋण कति मितिमा बुझाउने भनिएको छ ? किन ढिलो वा चाँडो भइरहेको छ ? त्यसको ‘रेट अफ रिटर्न’ के भयो ? र त्यसबाट उत्पादन भएका लाभहरू के हुन् ? जनताले कसरी थाहा पाउने ?

जुन प्रोजेक्टको लागि हामीले ऋण लिन्छौँ, त्यो प्रोजेक्टबाट नै तिर्न सक्ने अवस्था किन हुँदैन ? कहिलेकाहीँ इमर्जेन्सीको विषयमा अर्कै कुरा हो । नत्र ऋण सस्टेनेबल हुनुपर्छ, त्यो उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई योगदान गर्ने प्रकृतिको हुनुपर्छ । साथै, सार्वजनिक ऋणमा पारदर्शिता हुनुपर्छ ।

ऋण ठिक ढंगले लिइयो कि लिइएन ? त्यो ऋण लिने प्रोजेक्टको ठिक ढंगले तयारी गरियो कि गरिएन ? राम्रोसँग डिजाइन स्टेमेट गरेको हो कि होइन ? त्यसको क्षमता देखिन्छ कि देखिँदैन ? ऋणमा हस्ताक्षर गर्नुभन्दा अगाडि जनताले थाहा पाउनुपर्छ कि पर्दैन ? किनभने प्रत्यक्ष वा परोक्ष रूपमा त्यसको असर जनतालाई पर्छ । थाहा पाउने संरचना के छ ?

त्यो सूचना जानकारी सरकारी निकायमा त छ तर, त्यो कति स्वायत्त छ ? कति विश्वसनीय छ ? त्यसको लेखपरीक्षण कति विश्वसनीय छ ? त्यसलाई जनताको तर्फबाट अनुगमन गर्ने सम्भावना छ कि छैन ? यो प्रश्न एकाउन्टेबिलिटीको प्रश्न हो । ऋण त सरकारले लिने हो, तर सरकारले लिँदाखेरि हेर्नुपर्ने, विचार गर्नुपर्ने कुराहरू के हन् ? त्यो सतर्कताका विन्दुहरू के हुन् ? ती कुराहरू प्रस्ट हुनुपर्छ । मलाई लाग्छ कानुनहरू एक्जस्टिभ छैनन्, ट्रान्सफारेन्सीलाई प्रोमोट गर्दैनन् ।

हाम्रो क्षमतामा ठूलो समस्या छ । ऋण लिनलाई विदेशीले ऋण दिन्छ, डोनर ड्रिभन ऋण आउँछ कि हाम्रो निड ड्रिभन आउँछ ? त्यो पोलिटिक्सको विषय हुन्छ कि हुँदैन ? ऋण दिँदै दिएन भने पनि इन्टरनेसनल पोलिटिक्स भो, हामी त्यसै पनि दिशाविहीन हुन्छौँ ।

ऋण दियो भने कुन शर्तमा दिन्छ ? कुन प्रोजेक्ट, प्रोजेक्टको जुन आइडेन्टिफिकेसन छ, त्यो प्रोजेक्टमा हामी प्रिभेल गर्छौँ कि उनीहरू प्रिभेल गर्छन् ? कुन त्यसमा नेगोसिएसन गर्ने प्वाइन्ट के छ ? हामी नेगोसिएट गर्न त सक्छौँ ? हाम्रो क्यापासिटी विदेशीसँग ऋण लिँदाखेरि ऋण लिने कुरामा नेगोसिएट गर्ने क्यापासिटी, स्किलहरू कति छ ? हामी हुबहु कसैले प्रिपेयर गरेको डकुमेन्ट सही गरेर आउँछौँ कि नेगोसिएट गर्ने हाम्रा बिन्दुहरू पन्छाउन पनि लाउँछौँ ? त्यो हाम्रो क्षमताको विषय हो ।

यो सुशासनको विषय पनि हो । यो रुल अफ लको विषय पनि हो । ५ वर्षलाई भनेको प्रोजेक्ट २०–२५ वर्षमा किन कम्प्लिट हुँदैन ? मेलम्ची यहाँ प्रसङ्गमा आयो । त्यो त हामीले गरेको प्रोजेक्ट पनि होइन । प्रोजेक्ट त इन्टरनेसनल कन्सल्टेन्सी भएको हो । यो एडिबी लगायतका संस्थाहरू इन्भोल्भ भएका हुन् नि । उनीहरूले दिएको सल्लाहमा भएको प्रोजेक्ट त राम्रो प्रोजेक्ट, साइट सेलेक्सन हुनुपर्ने थियो होला, प्रोजेक्ट प्रिपरेसन राम्रो भयो होला, प्रोजेक्ट कम्प्लिजन पिरियड पनि राम्रोसँग तोकियो होला, हुनुपथ्र्यो होला, तर, भएन ।

यो राजनीतिक प्रश्न होइन ? पोलिटिसाइजेसन अफ डेप्ट, पोलिटिसाइजेसन अफ प्रोजेक्ट मिन्स पोलिटिसाइजेसन अफ डेप्ट । त्यो पोलिटिक्सको प्राइस कसले तिर्ने ? अन्ततः हामी तिरिरहेका छौँ । यो गभर्नेन्सको इस्यु हो । यो गभर्नेन्समा म के भन्छु भने ल अफ ल कमजोर भयो भने गभर्नेन्स बिग्रिन्छ । हाम्रा प्रोजेक्टहरू ५ वर्षलाई भनेको प्रोजेक्टमा किन २५ वर्ष लाग्ने के ? त्यो कानुनले सम्भव छ ? भेरिएसको प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण छ ।

हामीले अनुमान गर्ने क्षमता राख्दैनौँ, प्रोजेक्टको डिजाइन गर्न सक्दैनौँ, रिस्कहरूको एसेसमेन्ट पनि गर्न सक्दैनौँ । त्यसैले, विकासको एक नम्बर समस्या कन्ट्रयाक्ट एडमिनिस्ट्रेसनको हो । नबुझी–नबुझी कन्ट्रयाक्टको कन्डिसनहरू चाहिँ तयार गर्ने, नबुझी–नबुझी टेन्डर पनि गर्ने, नबुझी–नबुझी प्रोजेक्ट इन्चार्ज पनि भइहाल्ने, नबुझी–नबुझी फेरि मुद्दा परिहाल्ने । यो नबुझी–नबुझी विद्वान् हुने प्रक्रिया हामीसँग छ । यो त क्रिमिनल काम हो कि यो डेभलपमेन्टको काम हो ?

हाम्रा क्यापासिटी यति धेरै एफेक्टेड छ भने यो क्यापासिटीमा हामी किन इम्प्रुभ गर्दैनौँ ? किन इन्फासिस गर्दैनौँ ? हाइड्रोमा पैसा आउला, सिँचाइमा आउला, एजुकेसनमा आउला तर, सिस्टम रिफम्र्स, रुल अफ लमा त्यो इन्टरनेसनल लोन आएको छैन ।
इन्फ्रास्ट्रक्चर क्षेत्रमा हामीले ठूलो मात्रामा ऋण लिएका छौँ । हाम्रा इन्फ्रास्ट्रक्चरको जुन लोन छ, त्यो लोनहरू प्रोडक्टिभ छन् ?

पहाडी क्षेत्रका सडकहरू निकै बिग्रिएका छन्, स्कुलहरू छन् ठूला–ठूला राम्रा–राम्रा छन् तर, शिक्षकभन्दा कम विद्यार्थी छन् । त्यसकारणले इन्फ्रास्ट्रक्चर भनेको अन्धधुन्ध लगानी गर्ने होइन । त्यसको प्रोडक्टिभिटी के हो, कति वर्षमा कति के प्रोडक्टिभिटी दिन्छ, के रिटर्न दिन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ ।

सार्वजनिक ऋणमा दिगोपनाको ठूलो विषय छ, जसमा हामीले ध्यान दिएका छैनौँ । एब्युज अफ अथोरिटी, प्रोजेक्ट सेलेक्सनमै कुनै पोलिटिसियन त्यहाँ बलियो हुनुपर्छ । राम्रो टेक्निसियन त्यहाँ हाबी हुनुपर्छ । हामीसँग कति इमानदारी छ, कति ट्रान्सफारेन्सी छ, कति प्रिपरेसन छ, कति स्किल छ, कति फोरसाइट हामी गर्छौँ, यो इकोनोमिकल्ली हामी चाहिँ कति रोबस्ट छौँ ? रिटर्नको बारेमा चिन्ता नगरिकन मैले तिर्ने होइन, म गइहाल्छु, जसले तिर्छ त्यसैलाई तिर्ला, मेरो पालामा केही हुन्न । यो साइकोलोजीले गाइड गरेर ऋण लिन्छौँ भने त्यो ऋणं कृत्वा घृतं पिवेत् वाला सिद्धान्त आउँछ, यो खतरनाक प्रवृत्ति हो ।

अरू धेरै देशमा तुलना गर्दाखेरि ४५–५० प्रतिशत जीडीपीको अनुपातमा भएको सार्वजनिक ऋण धेरै होइन । तर, त्यो ४५ प्रतिशत जीडीपीभित्र परेका लोनहरू आर दे प्रोड्युसिङ एनीथिङ ? धेरैजसो त ढिलो भएको कारणले त्यसै लोनको अङ्क त्यसै बढिरहेको छ । त्यसमा हामी पनि पर्छौँ, हामी अदालतका मान्छेले पनि समयमा निर्णय गरेनौँ होल । त्यो प्रोजेक्ट इन्चार्ज चाहिँ कुन ढङ्गका छन्, प्रोजेक्ट ह्यान्डल गर्ने लयरहरू कत्तिको छ ?

यो संविधानको विषय हो । तर, हामी संवैधानिक अर्थशास्त्रको कुरा गर्दैनौँ । संवैधानिक अधिकारका कुरा छन् । के हामीले बजेट लेख्दा संवैधानिक अर्थशास्त्रको विषयमा ध्यान दिएका छौँ ? संवैधानिक अर्थशास्त्र पनि हुन्छ भन्ने विषय सोच्यौँ होला ?

अब हामीले राम्रोसँग ध्यान दिनुपर्ने छ । सबै तहमा क्षमता कम हुँदा ऋणको ब्याजदर बढ्दा पनि ऋण बढ्ने हो, भ्रष्टाचार बढ्दा पनि ऋण नै बढ्ने हो र आयोजना सम्पन्न हुन ढिलाइ हुँदा पनि ऋण नै बढ्ने हो । ऋण बढ्नाका धेरै कारणहरू छन् जसमध्ये अन्तर्राष्ट्रिय कारण रोक्न भने कठिन हुन्छ ।

तर, हाम्रा आफ्ना असक्षमता, ढिलाइहरू र रुल ऑफ लसँग सम्बन्धित जुन कमीकमजोरी छन्, त्यो चाहिँ सुधार्न सकिन्छ, सुधार्न पर्छ र त्यसमा जुन किसिमको प्राथमिकता दिनुपर्ने हो त्यो दिनुपर्छ ।

सार्वजनिक ऋण लिने कुरा अर्थ मन्त्रालयको एक्सक्लुसिभ डोमेन होइन । यो संसदले चाहिँ आरामसँग नजरअन्दाज गरेर बस्ने विषय पनि होइन । र नागरिक समाजदेखि अरू युनिभर्सिटीको प्रोफेसरहरूदेखि वाच ग्रुप, नागरिक समाजको वाच ग्रुपले ऋण किन लिइँदै लिनुभन्दा अगाडि थाहा पाउनुपर्छ, लिएपछि पनि के गरे थाहा पाउनुपर्छ । प्रि एन्ड पोस्ट लेभलमा हामीले निगरानी गर्न सक्यौँ भने ऋणलाई रेस्पोन्सिब्ली स्पेन्डिङ गर्ने र रेस्पोन्सिब्ली नेगोसिएट गर्ने त्यो विन्दुमा जान सक्छौँ ।

(बिहीबार राजधानीमा नेपाल कानुन समाज र संविधान निगरानी समूहले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले राखेको विचारको सम्पादित अंश)

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ४ : ४६ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन