राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान « Khabarhub

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सुनसरी लगायतका स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका हुन् ।

उनले कुनै पनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयास अस्वीकार्य छन् भन्ने राष्ट्रिय सभाको सर्वसम्मत धारणा रहेको उल्लेख गरे । 

यस घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न उनले सरकारसमक्ष आग्रह समेत गरे । 

साथै उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय हितलाई सर्वोपरि राखी शान्ति, सहिष्णुता, संवाद, भाइचारा र सामाजिक एकताको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सरोकार पक्ष सबैलाई अपिल गरे । 

उनले संविधानको मर्म, लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण तथा प्रवर्धनमा राष्ट्रिय सभा सधैँ अग्रसर रहने प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : १५ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक