पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह « Khabarhub

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी नदीको सहायक स्यार खोला थुनिएको छ।

स्थानीयबाट प्राप्त जानकारीअनुसार सोमबार पहिरो खसेपछि छेकम्पारबाट बूढीगण्डकीतर्फ बग्ने खोला केही समय अवरुद्ध भएको थियो।

खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

पछिल्लो जानकारीअनुसार पहिरोका कारण थुनिएको खोला अहिले बिस्तारै पुनः बग्न थालेको बताइएको छ । यद्यपि, पहिरो थप खस्न सक्ने तथा नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

धादिङ हुँदै गोरखातर्फ बग्ने बुढीगण्डकी नदी आसपासका बासिन्दालाई खोला तथा नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार घटना गोरखाको चुमनुब्री क्षेत्रमा पहिरोका कारण बूढीगण्डकीको सहायक स्यार खोला केही समय थुनिएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ११ : ४७ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल