पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह « Khabarhub

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी नदीको सहायक स्यार खोला थुनिएको छ।

स्थानीयबाट प्राप्त जानकारीअनुसार सोमबार पहिरो खसेपछि छेकम्पारबाट बूढीगण्डकीतर्फ बग्ने खोला केही समय अवरुद्ध भएको थियो।

खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

पछिल्लो जानकारीअनुसार पहिरोका कारण थुनिएको खोला अहिले बिस्तारै पुनः बग्न थालेको बताइएको छ । यद्यपि, पहिरो थप खस्न सक्ने तथा नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

धादिङ हुँदै गोरखातर्फ बग्ने बुढीगण्डकी नदी आसपासका बासिन्दालाई खोला तथा नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार घटना गोरखाको चुमनुब्री क्षेत्रमा पहिरोका कारण बूढीगण्डकीको सहायक स्यार खोला केही समय थुनिएको हो ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ११ : ४७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि