विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति « Khabarhub

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट–विदुर–चोगटे– सरमथली– जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुआत गरेको छ । 

यही भदौ १० गते भोटेकोशी नदीमा आएको  बाढीले नुवाकोटबाट रसुवा जाने सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । 

उनले आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भनेर सडक स्तरोन्नतिको काम भइरहेको बताए । 

विदुरदेखि जिरोकिलोसम्म करिब १५ किलोमिटर दूरी रहेको बताइन्छ ।
 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६