सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध « Khabarhub

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७२१ नागरिक लाभान्वित भएका छन् ।

जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलामा देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुगेको सेनाले जनाएको छ ।

दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा तीर्थयात्राका क्रममा यात्रुलाई स्वास्थ्य समस्या पर्न सक्ने भएकाले उनीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सेनाले सहायता केन्द्र सञ्चालन गरेको थियो ।

गणका अनुसार न्यासिम पार्टीमा ३६१ जना र पाँचपोखरी क्षेत्रमा ३६० जनाले स्वास्थ्य परीक्षण र निःशुल्क औषधिसम्बन्धी सेवा प्राप्त गरेका हुन् । 

यात्राको क्रममा स्वास्थ्य समस्या देखिए तत्काल उपचारको व्यवस्था भएपछि तीर्थयात्री तथा पर्यटकलाई राहत मिलेको स्थानीय सिमिर तामाङले बताए ।

‘यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिँदा कहाँ उपचार गर्ने भन्ने चिन्ता हुन्थ्यो । तर बाटोमै स्वास्थ्य सहायता केन्द्र भएपछि तत्काल परीक्षण र औषधि पाउने व्यवस्था रहेछ’, तामाङले भने, ‘यसले यात्रुलाई निकै सहज बनाएको छ ।’

स्थानीय पर्यटक व्यवसायी उदय खड्काले दुर्गम क्षेत्रमा हुने धार्मिक यात्राका क्रममा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु महत्त्वपूर्ण पक्ष रहेको बताए ।

हरेक वर्ष जनैपूर्णिमाका अवसरमा पाँच पोखरीमा लाग्ने मेलामा देशका विभिन्न  स्थानबाट ठूलो सङ्ख्यामा धार्मिक तीर्थयात्री सहभागी हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ४६ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व