रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता « Khabarhub

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ मजदुर गरी केन्द्रका ९३ जनशक्ति हाल बेपत्ता अवस्थामा रहेको जानकारी दिए ।  

इन्जिनियर पौडेलले भोटेकोशी बाढीबाट टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिका समेत रहेकी आफ्नी श्रीमती कविता न्यौपाने पौडेलसहित रसुवागढी जलविद्युत् केन्द्रका सबैजसो सहकर्मी गुमाउनुपरेको पीडा सुनाए । 

विनाशकारी बाढीको दुई दिनअघि काठमाडौँमा अध्ययनरत छोरीको उपचार गराउन आउँदा ज्यान जोगिए पनि श्रीमतिसहित सहकर्मी गुमाउनुपर्दाको पीडाका बीच उनले जीवनमा अकल्पनीय दुःख व्यहोर्न परेको बताए।  

बिहान कार्यालय समयभन्दा अघि एक्कासि बाढी आएकाले अधिकांश सहकर्मीसहित परिवारजन टिमुरेस्थित आवासगृहबाट बेपत्ता भएको हुनसक्ने बताउँदै इन्जिनियर पौडेलले सो समयमा रसुवागढी जलविद्युत केन्द्रभित्र तीन जनामात्र कर्मचारी रहेको जानकारी दिए । 

उनले चिलिमे जलविद्युत् केन्द्रमा पनि जम्मा छ जना कर्मचारी रहेको भन्ने जानकारी प्राप्त भएको बताए।
 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ५० बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ